सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको बढ्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ८, शुक्रबार ११:११

विराटनगर । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदीको मूल्य भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको १ सय रूपैयाँले घटेको हो । भाउ घटेसँगै सुन तोलाको २ लाख ९३ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बिहीबार २ लाख ९३ हजार ८ सय रूपैयाँ थियो ।

Advertisement

त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला ६५ रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी तोलाको ५ हजार १ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ । चाँदीको मूल्य बिहीबार प्रतितोला ५ हजार ५० रूपैयाँ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.