तालिममै बेहोस भए सशस्त्रका ८ जवान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ८, शुक्रबार १२:१८

काठमाडौं । कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिमका क्रममा ८ जना जवान बेहोस भएका छन् ।

बेहोस हुनेमा बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् । उनीहरू सशस्त्र प्रहरी जवानको आधारभूत तालिम लिइरहेका प्रशिक्षार्थी हुन् ।

Advertisement

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेहोस भएका मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थाका जवानलाई हेलिकप्टरमार्फत उद्धार गरेर उपचारका लागि सुर्खेत लगिएको उनले जानकारी दिए ।

तालिमका क्रममा अचानक उनीहरू बेहोस भएको बताइएको छ । घटनाको कारण खुल्न सकेको छैन । थप विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.