
काठमाडौं । जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा)का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै राजपत्रमा प्रकाशित व्यवस्था अनुसार उक्त दिन सार्वजनिक बिदा रहने जनाएको हो । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा इश्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद जेठ १४ गते परेकाले देशभर सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।
यसअघि नै जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिने व्यवस्था राजपत्रमा प्रकाशित भइसकेको छ । त्यसपछि १६ गते शनिबार र १७ गते आइतबार परेकाले लगातार चार दिन सार्वजनिक बिदा परेको हो ।



















