अलैँची, अदुवा र बेसारको उत्पादन वृद्धि र निर्यात प्रवर्द्धनमा जोड

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ८, शुक्रबार १८:२७
अलैँची, अदुवा र बेसारको उत्पादन वृद्धि र निर्यात प्रवर्द्धनमा जोड

विराटनगर । कोशी प्रदेशमा उत्पादित उच्च मूल्यका कृषि उपजहरू अलैँची, अदुवा र बेसारको निर्यातलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सरोकारवालाहरूले साझा प्रतिबद्धता जनाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र विश्व बैंक समूहअन्तर्गतको इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आइएफसी) को संयुक्त आयोजनामा विराटनगरमा ‘मूल्य श्रृंखला विकास तथा निर्यात प्रवर्द्धन’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेपले प्रदेश सरकारले उच्च मूल्यका कृषि वस्तुको उत्पादन र निर्यातमा पूर्ण सहयोग गर्ने बताए । उनले निजी क्षेत्रले निर्यातको खाका ल्याओस्, प्रदेश सरकार लगानी र सहयोगका लागि तयारको प्रस्ट्याए ।

आइएफसीका दक्षिण एसियाली क्षेत्रका सिनियर अपरेसन अफिसर विजय शेखरले नेपाली कृषि उपज हाल धेरैजसो भारतमा मात्र सीमित रहेको उल्लेख गर्दै अब तेस्रो मुलुक निर्यात गर्न गुणस्तरमा ध्यान दिनुपर्ने बताए । आइएफसी र महासंघ मिलेर गुणस्तर सुधार र निर्यात वृद्धिको ठोस योजना बनाउने उनले भने ।

यस्तै, आइएफसीका परामर्शदाता राजन शर्माले तथ्यांक प्रस्तुत गर्दै निर्यातमुखी नीतिको आवश्यकतामा जोड दिए । छलफलका क्रममा व्यवसायीहरू निर्मल भट्टराई र राजन आचार्य लगायतले कोशी प्रदेशमा आधुनिक प्रयोगशाला नहुँदा गुणस्तर प्रमाणीकरणमा समस्या भएको गुनासो गरे ।

उनीहरूले अलैँची र बेसार सुकाउन ‘ड्रायर’ मेसिनको अभाव र बजारीकरणको समस्यालाई सरकारले सम्बोधन गर्नुपर्ने माग राखे । सरकारी अधिकारीहरूले पनि ‘सुपर जोन’ कार्यान्वयन भए पनि बजार खोजीमा निजी क्षेत्रको सक्रियता आवश्यक रहेको धारणा राखे ।

कार्यक्रमको अध्यक्षता गर्दै महासंघ कोशी प्रदेशका उपाध्यक्ष राजन श्रेष्ठले चिया, अलैँची, अदुवा, अम्लिसो र छुर्पी जस्ता वस्तुको निर्यात प्रवर्द्धनका लागि आइएफसीसँगको सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे । उद्यमीहरूले भने गुणस्तर सुधारका लागि किसान र व्यवसायीलाई विशेष तालिम दिनुपर्ने सुझाव दिए ।
कार्यक्रममा प्रदेश सरकारका उच्च अधिकारी, कृषि विज्ञ र निर्यातकर्ताहरूको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
अनलाइन स्क्याम केन्द्रमा फसेका ६८७ नेपालीको उद्धार
जीवन विकास अस्पतालमा एमआरआई र सिटी स्क्यान सेवा सुरु 
जीवन विकास अस्पतालमा एमआरआई र सिटी स्क्यान सेवा सुरु 
मोरङमा लागुऔषधविरुद्धको महाअभियान सुरु हुँदै, शून्य सहनशीलताको नीतिसहित अघि बढ्ने तयारी
दुर्गा प्रसाईंको रिट खारेज
रवि, जीबी र छविविरुद्धका दुई अभियोग हटाइयो, सहकारी ठगी मुद्दा मात्रै कायम
अलैँची, अदुवा र बेसारको उत्पादन वृद्धि र निर्यात प्रवर्द्धनमा जोड
अलैँची, अदुवा र बेसारको उत्पादन वृद्धि र निर्यात प्रवर्द्धनमा जोड
महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित
१० वर्ष कैद तोकिएका अभियुक्त भद्रपुरबाट पक्राउ
विराटनगरमा नमुना संयुक्त राष्ट्र संघ सम्बन्धी सम्मेलन
विराटनगरमा नमुना संयुक्त राष्ट्र संघ सम्बन्धी सम्मेलन
‘जनताको असन्तुष्टि निर्वाचनमा पोखियो’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.