विराटनगरमा लागुऔषध विरुद्धको महाअभियान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १०, आइतबार १७:४३
लागुऔषधविरुद्धको महाअभियान सुरु (फोटो फिचर)

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले ‘लागुऔषध विरुद्धको महाअभियान सुरू गरेको छ । लागुऔषध मुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ विराटनगरबाट अभियान सुरू गरेको हो ।

पहिलो चरणमा प्रभातफेरी निकालिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, सरकारी निकाय, विद्यार्थी र नागरिक समाजको सहभागिता रहेको उक्त र्‍याली विभिन्न चोक परिक्रमा गर्दै रंगशालामा पुगेर सम्पन्न भएको थियो ।

Advertisement

दोस्रो चरणको कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागूऔषध नियन्त्रणका लागि सरकार, प्रहरी, अभिभावक र युवा सबैको सामूहिक प्रयास आवश्यक रहेको बताए । अभियानमा प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सुरक्षित समाजका लागि मोरङबाट लागुऔषध मुक्त बनाउने अभियान देशभर फैलने बताए । लागुऔषधको जालो तोड्न परिवार र समुदायको उत्तिकै जिम्मेवारी उनको भनाइ छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले मोरङमा लागुऔषधको नियन्त्रण चुनौतिपूर्ण रहेको बताए । समाजका सबै पक्षकाे सहभागितामा नियन्त्रण गर्न सकिने उनकाे भनाइ थियाे । कोशी अस्पतालकी डाक्टर अजिता पौडेलले लागुऔषधले मानव स्वास्थ्यमा पार्ने गम्भीर असरबारे सचेतना गराएकी थिइन् ।

कार्यक्रममा लागुऔषधको असरबारे नाटक, सांगीतिक प्रस्तुति र पूर्वप्रयोगकर्ताको अनुभव समेटिएको वृत्तचित्र प्रदर्शन गरिएको थियो। कार्यक्रमबाट ९ बुँदे प्रतिवद्धता पत्र पनि जारी भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.