
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–१ मझुवामा रुखबाट खसेर आइतबार एक जनाको मृत्यु भएको छ ।
बुद्धशान्ति–१ का ५५ वर्षीय मैतबहादुर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । लिम्बू घाँस झार्ने क्रममा आइतबार दिउँसो १ः३० बजेतिर कुटमिरोको रुखबाट खसेका थिए । गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरेर उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा उनको अपरान्ह ४ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।



















