डाइनियामा माेटरसाइकलकाे ठक्करबाट पैदलयात्रीकाे मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ११, सोमबार १८:२८
फाइल फाेटाे

विराटनगर । मोरङकाे डाइनियामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार सुनवर्षी नगरपालिका–९, चन्दनखाडी बस्ने ५० वर्षीय देवीलाल शर्माकाे मृत्यु भएकाे हाे ।

आइतबार सुनवर्षी नगरपालिका–९, डाइनिया चोकमा प्र.१–०२–०५७ प८४८७ नम्बरको मोटरसाइकलले ठक्कर दिएकाे थियाे । ठक्करबाट गम्भीर घाइते भएका उनको जीवन विकास सामुदायिक अस्पताल कटहरीमा उपचारको क्रममा साेमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कटहरी गाउँपालिका– ३ बस्ने २८ वर्षीय सुरजकुमार मण्डलको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.