प्रधानमन्त्रीको प्रतीक्षामै संसद् चल्यो, अवरोधबीच सभामुखले अघि बढाए कार्यसूची

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १२, मंगलबार १५:४६

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई संसद्मा उपस्थित गराउनुपर्ने विपक्षी दलहरूको लगातार माग र नाराबाजीबीच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठक सञ्चालन गरेका छन् ।

विपक्षीहरूले प्रधानमन्त्रीको अनुपस्थितिमा सदन चल्न नदिने अडान दोहोर्‍याइरहेका बेला सभामुखले भने कार्यसूची रोकेनन् । बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गर्दै अवरोध जारी राखेपछि सभामुख अर्यालले प्रधानमन्त्री आउने विषयमा सरकार र सत्तापक्षसँग संवाद भइरहेको जानकारी गराएका थिए । उनले प्रधानमन्त्री छिट्टै संसद्मा उपस्थित हुने र मिति तय हुने विश्वास व्यक्त गरे पनि औपचारिक रुलिङ गर्न भने इन्कार गरे ।

Advertisement

सभामुखले सांसदहरू प्रधानमन्त्री उपस्थितिको मिति आफ्नै मुखबाट घोषणा होस् भन्ने अपेक्षामा रहेको आफूलाई थाहा भएको उल्लेख गर्दै प्रधानमन्त्री आउने प्रक्रिया ‘प्राकृतिक’ ढंगले अघि बढिरहेको बताए । उनले मिति तय हुनेबित्तिकै संसद्लाई जानकारी गराइने आश्वासन दिए ।

तर, विपक्षी दलहरू सभामुखको जवाफबाट सन्तुष्ट भएनन् । त्यसपछि पनि विरोध जारी रहेकै अवस्थामा सभामुखले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेललाई पर्यटन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न समय दिएका थिए । अवरोधकै बीच विधेयकमाथिको छलफल अघि बढाइएको हो ।

यसक्रममा रास्वपा सांसद अशोक कुमार चौधरीले संसद्लाई विरोधको मात्र थलो बनाउन नहुने टिप्पणी गर्दै विपक्षी दलप्रति कटाक्ष समेत गरे ।

सभामुख अर्यालले प्रधानमन्त्री संसद्मा आएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने विपक्षीको मागलाई भने जायज ठहर गरेका छन् । उनले प्रधानमन्त्रीको उपस्थिति संविधान, नियमावली र जनभावनाअनुसार आवश्यक रहेको उल्लेख गर्दै सार्वभौम संसद्ले उठाएका प्रश्नको उत्तर सरकार प्रमुखले दिनुपर्ने बताएका छन् ।

तपाइको प्रतिक्रिया
झूटो बकपत्र गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
झूटो बकपत्र गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा
मोरङ र सुनसरीमा हावाहुरीले पोल ढाल्दा विद्युत अवरुद्ध
नागरिकको जीवनस्तर उकास्न सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री
सरकारले बहुमतको दम्ब देखायाे : कांग्रेस
प्रधानमन्त्रीको प्रतीक्षामै संसद् चल्यो, अवरोधबीच सभामुखले अघि बढाए कार्यसूची
एमालेभित्र ‘महासमीक्षा’को बहस, ऋषिकेशको ‘पुनरुत्थान’ प्रस्ताव
हावाहुरीले उडाएको जस्तापाता मोटरसाइकलमा ठोक्किँदा दुहबीमा युवकको मृत्यु
हर्क साम्पाङको तस्बिर अनिवार्य
प्रधानमन्त्री बालेनविरुद्ध उजुरी
प्रधानमन्त्रीलाई संसद्मा ल्याउने रास्वपाको आश्वासन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.