संशोधनको समय नदिइ सभामुखले पास गरे कोशीको नीति तथा कार्यक्रम, प्रतिपक्षीको अवरोध

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १२, मंगलबार १९:१९

विराटनगर । कोशी प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ । मंगलबारको प्रदेशसभा बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिएपछि सभामुख अम्बरबहादुर थापाले नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरेका थिए ।

सभामुखले सर्वसहमतिका आधारमा नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे । प्रतिपक्षी दलले भने सभामुखले संशोधनको समय नदिइ पास गरेको भन्दै सदन अवरुद्ध गरेका छन् । प्रदेशसभा बैठकमा जेठ ७ गते पेस भएको नीति तथा कार्यक्रममाथि छलफल चल्दा सभामुखले संशोधनको समय नै दिएनन् ।

Advertisement

सभामुखले समय नदिएपछि प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सभामुखमाथि प्रश्न उठाए । पूर्वमुख्यमन्त्री तथा नेकपा सांसद राजेन्द्र राईले पनि सभामुखको भूमिकामाथि प्रश्न उठाए । सभामुखले प्रदेशसभा नियमावली, २०७४ को नियम देखाउँदै नीति तथा कार्यक्रम पारित भएको जिकिर गरे ।

तर, प्रतिपक्षी दलले सभामुखले संशोधनको समय दिनुपर्ने भन्दै नदिएको गुनासो गरे । सभामुखलाई प्रतिपक्षी दलले नछाडेपछि उनले बुधबार बिहान ११ बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका छन् ।

उनले नियमावलीको नियम ३७ देखाउँदै संशोधनको कुरा उठाए । उनले कुनै सांसदको संशोधनको प्रस्ताव नआएकाले छलफल नभएको जिकिर गरे । प्रतिपक्षी दलले भने सभामुखले संशोधनको समय नदिएको भन्दै संसद अवरुद्ध गरेका छन् । संसद अवरुद्धका बाबजुद सभामुखले बैठक स्थगित गरेका हुन् ।

‘नियमावली अनुसार नै हामी चल्ने हो, (संशोधनका लागि) नियमावलीले सभामुखले नै समय दिनुपर्छ भन्ने लेखेका छैनौं,’ सभामुखले भने । लगतै पूर्वमुख्यमन्त्री राजेन्द्र राईले परम्पराको कुरा उठाए । ‘पहिलेको प्राक्टिस् हेर्नुहोस् न, विधेयक पढ्दा पढदै हाल्नुपर्ने हो कि सभामुखले दिनुपर्ने हो समय हामीलाई ?’ उनले भने ।

संशोधनको समय नदिइ नीति तथा कार्यक्रम पास गरेका सभामुखले भने, ‘हरेक माननीयले प्रदेशसभा नियमावली अध्ययन गरेको हुन्छ र संशोधन केही भए पेस गर्नुहुन्छ भन्ने मान्यता अनुसार हामीले सर्वसम्मत बनाएका हौं ।’ राईले ‘संशोधनको समय दिने होला नि सभामुख ज्यू ?’ भन्दा उनले जवाफ दिन सकेनन् ।

सभामुखले संशोधनको समय ७२ घण्टा दिनुपर्ने भए पनि कहिलेकाहीँ घटाउन सक्ने परम्परा छ । तर, सभामुखले संशोधनको समय नै दिएनन् । ‘हिजोका दिनमा सभामुखले दिएको समयभित्र हामीले संशोधन हालेका छौं,’ नेकपा संसदीय दलका नेता आङ्बोले भने,‘ प्रतिपक्षीहरु यो नीति तथा कार्यक्रममा सहमत छन् कि छैनन भनेर के आधारले भन्नुहुन्छ ? सभामुखले संशोधनको समय नै नदिइ पास गर्न मिल्दै मिल्दैन ।’

तपाइको प्रतिक्रिया
मिल्स गोल्डकपः इनरुवालाई हराउँदै विराटनगर सेमिफाइनलमा
मिल्स गोल्डकपः इनरुवालाई हराउँदै विराटनगर सेमिफाइनलमा
कोशीमा प्रदेश र स्थानीय तहको कानुनको डिजिटल अभिलेख
महानगरपालिकाका मेयरसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी जारीमेयर राजेशमान सिंह
महानगरपालिकाका मेयरसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी
संशोधनको समय नदिइ सभामुखले पास गरे कोशीको नीति तथा कार्यक्रम, प्रतिपक्षीको अवरोध
मोरङमा लागुऔषधविरुद्ध सर्वपक्षीय प्रतिबद्धता
‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषाका रूपमा लागू
‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषाका रूपमा लागू
उर्लाबारीको काँसघारीमा सडेको शव : महिलाको मृत्यु रहस्यमय, पति प्रहरीको नियन्त्रणमा
कोशी प्रदेशको आगामी बजेट : उत्पादन, रोजगारी र पर्यटन मुख्य प्राथमिकतामा
जगदीश खरेलको ‘तमासा’ टिप्पणीले संसद ततायो, नेकपाद्वारा रेकर्डबाट हटाउन माग
झूटो बकपत्र गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
झूटो बकपत्र गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.