
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख हुँदा प्रधानमन्त्री बालेन शाहले सुरु गरेकाे यमबुद्ध स्केटबोर्ड पार्क निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।
सुरुदेखि नै स्केटबोर्ड पार्कलाई प्राथमिकतामा राखिए पनि जमिन प्राप्त गर्न नसक्दा काम रोकिएको सो पार्क अहिले निर्माणको अन्तिम चरणमा पुगेको हो । काठमाडौं–५ का वडा अध्यक्ष वीरेन्द्र प्रजापति र स्थानीय समुदायको पहलमा १३ रोपनी सरकारी जग्गा संरक्षण गर्दै २०८१ जेठ २९ गतेदेखि पार्क निर्माण काम सुरु गरिएको थियो ।
पार्कमा प्रमुख संरचनाहरूअन्तर्राष्ट्रिय स्तरको स्केटबोर्डिङ एरिया (र्याम्प्स, बोल्स र स्ट्रिट्ससहित), बालबालिकाको खेलमैदान, खुला व्यायामशाला (ओपन जिम),शौचालय ब्लक, भलिबल कोर्ट लगायत रहेको छ ।
युवाहरूको संस्कृतिलाई अभिव्यक्ति दिने, कला–सङ्गीतलाई प्रोत्साहन गर्ने र परिवारमैत्री सामुदायिक स्पेसका रूपमा यो परियोजना अघि बढाइएको महानगरले जनाएको छ।



















