देशभर चट्याङसहित वर्षाको सम्भावना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १४, बिहीबार ०६:५७

काठमाडौं । पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भागनजिक बनेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभावका कारण आज (बिहीबार) देशभर मौसम बदली रहने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ । हाल कोशी प्रदेशसहित अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ ।

Advertisement

मधेश प्रदेशमा आंशिक बदली रहे पनि अन्य तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहेको महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा बदली बढ्नेछ । विशेषगरी कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू–भागमा पनि वर्षाको सम्भावना रहेको छ ।

तराईका केही क्षेत्रमा भने गर्मी कायम रहने अनुमान गरिएको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागमा तातो दिनको अवस्था रहने महाशाखाले जनाएको छ ।

रातको समयमा पनि देशभर बदली कायमै रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.