पुल भत्किँदा ६ कामदारको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १५, शुक्रबार ११:४१

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित हमीरपुर जिल्लामा निर्माणाधीन पुल अचानक भत्किँदा ६ जना कामदारको मृत्यु भएको छ । बिहीबार राति काम भइरहेकै समयमा पुलको एक भाग खसेपछि कामदारहरू भग्नावशेषमा पुरिएका थिए ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार मृत्यु हुनेमध्ये दुई जना हमीरपुरका र चार जना बान्दा जिल्लाका रहेका छन् । दुर्घटनापछि तत्काल उद्धार टोली परिचालन गरिएको थियो । घटनास्थलबाट तीन जना घाइते कामदारलाई जीवितै उद्धार गरी अस्पताल भर्ना गरिएको छ ।

Advertisement

पुल भत्किएसँगै निर्माण कम्पनीको लापरबाही, गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग तथा सुरक्षा मापदण्ड पालना गरिएको थियो वा थिएन भन्ने विषयमा प्रश्न उठ्न थालेको छ । प्रशासन र लोक निर्माण विभागले घटनाको छानबिन सुरु गरिएको जनाएका छन् ।

दुर्घटनाको समयमा उत्तर प्रदेशका विभिन्न क्षेत्रमा तीव्र हावाहुरी, वर्षा र चट्याङ परेको थियो । मौसम विभागले खराब मौसमको चेतावनी जारी गरिसकेको अवस्थामा पनि निर्माण कार्य जारी राखिएको विषयलाई समेत गम्भीर रूपमा हेरिएको छ ।

घटनापछि स्थानीय प्रशासनले पुल निर्माण कार्य तत्काल रोक्न निर्देशन दिएको छ । मृतकका परिवारलाई राहत उपलब्ध गराउने तयारी भइरहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.