अर्जेन्टिनाको विश्वकप टोली घोषणा, मेस्सीले कप्तानी गर्ने

Share this
644shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १५, शुक्रबार ०९:४५

काठमाडौं । फिफा विश्वकप २०२६ का लागि साविक विजेता अर्जेन्टिनाले २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीको कप्तानी लियोनल मेस्सीले गर्नेछन् । ३८ वर्षीय मेस्सीले यसपटक आफ्नो छैटौं विश्वकप खेल्दैछन् ।

यससँगै उनी क्रिस्टियानो रोनाल्डोसँगै पुरुष फुटबलमा ६ वटा विश्वकप खेल्ने दुर्लभ कीर्तिमान बनाउने खेलाडी बन्नेछन् ।

टोलीमा एमिलियानो मार्टिनेज, लिसान्द्रो मार्टिनेज, क्रिस्टियन रोमेरो, एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज र लाउतारो मार्टिनेजजस्ता खेलाडी पनि समावेश छन् ।

विश्वकपमा अर्जेन्टिना समूह ‘जे’ मा रहेको छ । उसले जुन १७ मा अल्जेरिया विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि अस्ट्रिया र जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ ।

अर्जेन्टिनाको विश्वकप टोली

गोलकिपर  : हुआन मुसो, जेरोनिमो रुल्ली, एमिलियानो मार्टिनेज

डिफेन्डर : लियोनार्डो बालेर्दी, निकोलस टाग्लियाफिको, गोन्जालो मोन्टियाल, लिसान्द्रो मार्टिनेज, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, फाकुन्डो मेडिना, नाहुएल मोलिना

मिडफिल्डर : लियानद्रो पेरेडेस, रोड्रिगो डे पल, भालेन्टिन बार्को, जियोभानी लो सेल्सो, इजेकेल पलासियोस, एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज

फरवार्ड : जुलियन अल्भारेज, लियोनल मेस्सी, निकोलस गोन्जालेज, थियागो अल्माडा, जुलियानो साइमन, निको पाज, जोसे म्यानुअल लोपेज, लाउतारो मार्टिनेज

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×