मिल्स गोल्डकपको उपाधिका लागि प्रहरी र टिडब्लुसीवाई भिड्दै

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १५, शुक्रबार १९:५३
मिल्स गोल्डकपको उपाधिका लागि प्रहरी र टिडब्लुसीवाई भिड्दै

विराटनगर । विराटनगरमा जारी मिल्स गोल्डकप फुटबल प्रतियोगिताको छैटौँ संस्करणको उपाधिका लागि शनिबार घरेलु टोली टिडब्लुसीवाई र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबीच खेल हुनेछ । विराटनगरस्थित जुट मिल खेल मैदानमा हुने फाइनल खेलमा दुवै टोली पहिलो पटक उपाधि चुम्ने दाउमा हुनेछन् ।

मिल्स गोल्डकपको इतिहासमा यी दुवै टोली पहिलो पटक फाइनलमा पुगेका हुन् । प्रतियोगिताको साबिक विजेता लेटाङ फुटबल क्लबलाई क्वाटरफाइनलमा टाइब्रेकरमा ४–३ ले पन्छाएको प्रहरी टोली उच्च मनोबलमा छ । उसले सेमिफाइनलमा अर्को घरेलु टोली लालीगुराँस फुटबल क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

यता, टिडब्लुसीवाई विराटनगरले पनि विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) पकलीलाई क्वाटरफाइनलमा २–१ ले हराउँदै आफ्नो लय प्रस्तुत गरेको थियो । सेमिफाइनलमा उदयपुरको ब्रदरहुड फुटबल क्लबलाई १–० को कठिन जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो ।

फाइनल खेलअघि दुवै टोलीका प्रशिक्षकले उपाधि जित्नेमा ढुक्क रहेको बताएका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका प्रशिक्षक दीपेन्द्र पौडेलले टोली पहिलो पटक फाइनल पुगेकाले ऐतिहासिक उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने बताए । ‘हामीले अघिल्ला खेलहरूकै रणनीतिलाई निरन्तरता दिनेछौं,’ पौडेलले भने, ‘नियमित खेलाडी मनोज सुब्बाले दोहोरो पहेँलो कार्डका कारण फाइनल गुमाउने भए पनि उनको स्थानमा नयाँ खेलाडीलाई अवसर दिँदै सन्तुलित टिम मैदान उतार्नेछौँ ।’

यता टिडब्लुसीवाई विराटनगरका प्रशिक्षक वीरु गुरुङले घरेलु मैदान र दर्शकको साथ नै आफ्नो टोलीको मुख्य शक्ति रहेको बताए । ‘हामीले क्वाटरफाइनल र सेमिफाइनलमा जुन सेट खेलाएका थियौँ, फाइनलमा पनि त्यही टोलीलाई निरन्तरता दिने छौँ,’ गुरुङले भने, ‘होम ग्राउन्डमा उपाधि रक्षा गर्ने हाम्रो मुख्य लक्ष्य हो ।’

प्रतियोगिताको विजेताले नगद २ लाख १ हजार १११ रुपैयाँ र उपविजेताले १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । मिल्स गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष विष्णु डंगोलका अनुसार २०७७ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको प्रतियोगितामा यस पटक ८ टोलीको सहभागिता थियो ।

प्रतियोगिताको विधागततर्फ उत्कृष्ट खेलाडीलाई ५ हजार १०० र अन्य विधाका विजेतालाई ३ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट खेलाडीले टिभी प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×