झापामा दुर्घटनाका घाइतेको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १६, शनिबार ०७:३४

मेचीनगर । मेची राजमार्ग सडकखण्डअन्तर्गत झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका–१२ स्थित सयरडाँगी चोकमा गत जेठ ११ गते साँझ चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ६३५३ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा मेचीनगर–१३ का करिब ४४ वर्षीय निमा तामाङ गम्भीर घाइते भएका थिए । उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

Advertisement

घाइते तामाङलाई तत्काल उपचारका लागि बिर्तामोडको बिर्तासीटी अस्पताल थियो । आर्थिक अभावका कारण परिवारले शुक्रबार बिर्तासीटी अस्पतालबाट डिस्चार्ज गराएर थप उपचारका लागि धुलाबारीस्थित मेची आम्दा अस्पताल पुर्‍याएको थियो । आम्दामै उपचारका क्रममा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकल र चालक बुद्धशान्ति गाउँपालिका–१ का २३ वर्षीय नारायण भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.