घरबाट हिँडेको भोलिपल्ट घाइते अवस्थामा फेला, अस्पताल पुर्याउनसाथ मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १७, आइतबार १३:२८

झापा । झापाको बिर्तामोडमा घाइते अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

इलामको फाकफोकथुम गाउँपालिका–३ घर भई हाल बिर्तामोड नगरपालिका–१ मा बस्दै आएका ४५ वर्षीय राजकुमार थेगिम घरबाट कसैलाई जानकारी नदिइकन शुक्रबार हिँडेका थिए । परिवार र आफन्तले खोजतलास गरिरहेका बेला उनी भोलिपल्ट अर्थात् शनिबार राति करिब ८ः४५ बजेतिर बिर्तामोड–३ आदर्शचोकस्थित सडक छेउमा लडिरहेको अवस्थामा फेला परेका थिए ।

Advertisement

स्थानीयले चिउँडोमा सामान्य चोट लागेको अवस्थामा थेगिमलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले उनलाई उद्धार गरी उपचारका लागि बिर्तामोड नगर अस्पताल पुर्‍याएको थियो । तर, अस्पताल पुर्याउनसाथ राति ९ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरिदिएका हुन् । ्

प्रहरीका अनुसार थेगिम अत्यधिक मदिरा सेवन गर्ने व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी घरबाट हिँडेको भोलिपल्ट घाइते अवस्थामा फेला परेको र अस्पताल पुर्याउनसाथ मृत्यु भएको प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.