संसदमा हंगामा, छानबिन गर्न समिति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १८, सोमबार १७:०४

काठमाडौं । संसदमा हंगामा मच्याउने सांसदहरुमाथि छानबिन हुने भएको छ । प्रतिनिधिसभा बैठकमा अमर्यादित व्यवहार देखाएको आरोप लागेका सांसदहरूमाथि छानबिन गर्न सभामुख डोलप्रसाद अर्यालले तीन सदस्यीय समिति गठन गरेका हुन् ।

आइतबारको बैठकमा केही सांसदहरूले अव्यवस्था सिर्जना गर्दै आपत्तिजनक गतिविधि गरेको, भौतिक क्षति पुर्‍याएको तथा संसदीय मर्यादा उल्लंघन गरेको विषयमा छानबिन अघि बढाइएको हो । प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा बनेको समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको सभामुख अर्यालले सोमबारको बैठकमा जानकारी गराए ।

Advertisement

सभामुखले प्रतिनिधिसभा कार्य सञ्चालन नियमावली २०८३ को नियम ३३ को उपनियम ४ अनुसार समिति गठन गरिएको बताए । उनका अनुसार घटनाबारे मुचुल्का तयार भइसकेको छ भने अब थप जाँचबुझ गरेर प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढाइनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.