उदयपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १९, मंगलबार ०९:४४

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका – १२ बुद्ध चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मंगलबार बिहान मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हाे  ।

प्रहरीका अनुसार जनप्रेमी आधारभूत विद्यालयबाट बुद्ध चोकतर्फ जाँदै गरेको स.९.प.८२५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई स्थानीय बलदेव चौधरीको इट्टाको पर्खालमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक २४ वर्षीय हेमन्त सदाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजन चापागाईले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलको पछाडि सवार स्थानीय १८ वर्षीय राकेश सदालाई थप उपचारका लागि बिराटनगर पठाइएको उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.