झापामा चर्को गर्मीबीच सडकमै बेहोस भेटिएकी महिलाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १९, मंगलबार १८:०१

झापा । झापामा अत्यधिक गर्मी बढिरहेका बेला हल्दिबारी गाउँपालिकामा एक महिलाको सडकमै मृत्यु भएको छ ।

गर्मीका कारण स्वास्थ्यमा समस्या उत्पन्न भएर घटना भएको आशंका गरिएको छ । प्रहरीले मृत्युको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान अघि बढाएको छ ।

Advertisement

हल्दिबारी गाउँपालिका–२ पशुपति चोकपूर्व बस्ने लुखी हेमराम सडकमा लडिरहेको अवस्थामा मंगलबार फेला परेकी थिइन् । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुग्दा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

चर्को घाम र अत्यधिक गर्मीका बीच पैदल हिँडिरहेका बेला उनी अचानक सडकमा ढलेको स्थानीयले बताएका छन् । यद्यपि, मृत्युको वास्तविक कारण भने पोस्टमार्टमपछि यकिन प्रहरीले जनाएको छ ।

झापा प्रहरीका निमित्त सूचना अधिकारी सुमन बानियाका अनुसार घटनाको विस्तृत अनुसन्धान अघि बढाइएको छ । शव परीक्षणका लागि आवश्यक प्रक्रिया पूरा गरेर मृत्युको यथार्थ कारण सार्वजनिक गरिने उनले बताए ।

पछिल्ला केही दिनयता झापासहित तराईका जिल्लाहरूमा तापक्रम निरन्तर बढिरहेको छ । अत्यधिक गर्मीका कारण दैनिक जनजीवन प्रभावित बन्दै गएको छ । स्वास्थ्यकर्मीहरूले यस्तो मौसममा प्रशस्त पानी पिउन, अनावश्यक रूपमा घाममा लामो समय नहिँड्न तथा वृद्धवृद्धा, बालबालिका र कमजोर स्वास्थ्य भएका व्यक्तिलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
रवि लामिछानेले भेटे भारतीय विदेश मन्त्री
विराटनगरमा सम्पत्ति शुद्धीकरण र वित्तीय अपराध अनुसन्धान तालिम
प्रहरी नागरिकको भरोसाको धरोहर बन्नुपर्छ : महानिरीक्षक कार्की
झापामा ९१ ग्राम खैरो हिरोइनसहित तीन जना पक्राउ
मोरङमा म्यानपावर सञ्चालक पक्राउ, रोमानिया पठाइदिने भन्दै लाखौं रूपैयाँ ठगी
झापामा चर्को गर्मीबीच सडकमै बेहोस भेटिएकी महिलाको मृत्यु
दमककी रमा तिवारीको हत्या आरोपमा प्रेमी पक्राउ
प्रधानमन्त्रीको अभिव्यक्तिले सदनमा तरंग, दलहरू आक्रामक
‘प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय अडान कमजोर बनायो’
मलद्वारमा लुकाएर ल्याउँदै गरेको खैरो हिरोइनसहित युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.