विराटनगरमा सम्पत्ति शुद्धीकरण र वित्तीय अपराध अनुसन्धान तालिम

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १९, मंगलबार १९:५१

विराटनगर । नेपाल राष्ट्र बैंक र नेपाल प्रहरीको संयुक्त आयोजनामा ‘सम्पत्ति शुद्धीकरण, आतंकवादी कार्य र आमविनाशका हातहतियार निर्माणमा वित्तीय लगानी’ सम्बन्धी अपराध अनुसन्धान तालिम विराटनगरमा सुरु भएको छ ।  कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजित तालिमकाे नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै गभर्नर पौडेलले मुलुकको आर्थिक स्थायित्व र सुशासनका लागि वित्तीय अपराध नियन्त्रण अपरिहार्य रहेको बताए । उनले अपराधका नयाँ प्रवृत्ति र चुनौतीलाई सामना गर्न सम्बन्धित निकायबिच समन्वय र दक्ष जनशक्तिको खाँचो रहेको बताए ।

Advertisement

कार्यक्रमका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले वित्तीय अपराधको स्वरूप जटिल बन्दै गएको भन्दै यस्ता अपराधको सफल अनुसन्धानका लागि प्राविधिक ज्ञान र अन्तर-निकाय समन्वय महत्त्वपूर्ण हुने बताए । ‘यो तालिमले प्रहरी अधिकृतहरूको सैद्धान्तिक र व्यावहारिक ज्ञान बढाउँदै अनुसन्धानलाई थप प्रभावकारी बनाउनेछ,” उनले भने । ५ दिनसम्म चल्ने उक्त तालिममा कोशी प्रदेशका विभिन्न जिल्ला र मुद्दा चल्ने प्रहरी इकाइका २४ जना प्रहरी अधिकृतहरूको सहभागिता रहेको छ । तालिममा सहभागीहरूलाई सम्पत्ति शुद्धीकरण, जोखिम पहिचान र कानुनी व्यवस्थाका विषयमा विज्ञहरूले प्रशिक्षण दिनेछन् ।

तपाइको प्रतिक्रिया
दिल्लीमा रवि लामिछाने : विदेशमन्त्रीपछि गृहमन्त्रीसँग भेटवार्ता
रवि लामिछानेले भेटे भारतीय विदेश मन्त्री
विराटनगरमा सम्पत्ति शुद्धीकरण र वित्तीय अपराध अनुसन्धान तालिम
प्रहरी नागरिकको भरोसाको धरोहर बन्नुपर्छ : महानिरीक्षक कार्की
झापामा ९१ ग्राम खैरो हिरोइनसहित तीन जना पक्राउ
मोरङमा म्यानपावर सञ्चालक पक्राउ, रोमानिया पठाइदिने भन्दै लाखौं रूपैयाँ ठगी
झापामा चर्को गर्मीबीच सडकमै बेहोस भेटिएकी महिलाको मृत्यु
दमककी रमा तिवारीको हत्या आरोपमा प्रेमी पक्राउ
प्रधानमन्त्रीको अभिव्यक्तिले सदनमा तरंग, दलहरू आक्रामक
‘प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय अडान कमजोर बनायो’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.