डीआईजीको नेतृत्वमा छानबिन समिति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २१, बिहीबार १२:४२

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको मुख्यालयस्थित एमटी शाखा (सवारी शाखा)मा भएको आगलागी घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) सन्दीप थापाको नेतृत्वमा छानबिन समिति बनाएको हो ।

सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टका अनुसार समितिले घटनाको कारण, क्षति र सम्भावित कमजोरीका बारेमा अनुसन्धान सुरु गरिसकेको छ । समितिलाई निश्चित समयसीमा नतोकिए पनि सकेसम्म छिटो प्रतिवेदन बुझाउन निर्देशन दिइएको उनले बताए ।

Advertisement

बुधबार राति करिब ८ बजेतिर मुख्यालय परिसरभित्र रहेको सवारी शाखामा आगलागी भएको थियो । आगो लाग्दा केही सवारीसाधनमा क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।

बंगलामुखी गणबाट खटिएको टोलीले आगो नियन्त्रणमा लिएको थियो । यसअघि पनि सशस्त्र प्रहरी मुख्यालय तथा सतंगलस्थित स्टोरमा आगलागीका घटना भइसकेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.