चाँदनी पेट्रोल पम्पमा रंग लगाउने क्रममा करेन्ट लागेर किशोर घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २३, शनिबार १७:४०

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ स्थित चाँदनी पेट्रोल पम्पमा रङ लगाउने क्रममा करेन्ट लागेर शनिबार एक किशोर गम्भीर घाइते भएका छन् ।

सुन्दरहरैँचा–११ बेलेपुरका १७ वर्षीय चेतन भारतीलाई शनिबार दिउँसो ३ः३० बजेतिर करेन्ट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काम गरिरहेका बेला अचानक ११ हजार केभी क्षमताको उच्च भोल्टेज विद्युत् लाइन सर्ट भई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Advertisement

करेन्ट लागेर घाइते भएका भारतीको शरीरको केही भाग जलेको र अवस्था गम्भीर रहेको बताइएको छ । उनलाई तत्काल उपचारका लागि मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

आईसीयूमा भर्ना गरिएका उनको उपचारमा रङ लगाउने जिम्मा लिएका ठेकेदार अनितकुमार दनुवार संलग्न छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.