
विराटनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेशले विराटनगर महानगरपालिकासँगकाे सहकार्यमा तीन दिने समाचार लेखन तथा आचारसंहिता तालिम सञ्चालन गरेकाे छ ।
विराटनगरस्थित रुविज होटलमा बिहीबारदेखि सञ्चालन भएको तालिम आइतबार समापन भयाे । तालिममा अग्रज पत्रकार यज्ञप्रसाद शर्मा र महाप्रसाद खतिवडाले समाचार लेखनका आधारभूत सिद्धान्त, समाचारको संरचना, तथ्यपरक र जिम्मेवार पत्रकारिताको नैतिकता र प्रेस आचारसंहिताका बारेमा प्रशिक्षण दिएका थिए ।
समापन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरतबहादुर खड्काले पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न र सञ्चार क्षेत्रलाई अझ व्यावसायिक र भरपर्दो बनाउन तालिम आयोजना गरिएको बताए ।

























