‘आइतबारको बिदा हटाउने गर्ने तयारी छैन’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २४, आइतबार २१:३५

काठमाडौं । नेपाल सरकारले आइतबारको बिदा हटाउने तयारी नभएको बताएको छ ।  दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकोमा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने चर्चा चलेपछि प्रधानमन्त्रीको सचिवालयले त्यस्तो तयारी नभएको बताएको हाे ।

हप्तामा दुई दिन सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्ने तयारी गरेको चर्चा सामाजिक सञ्जालमा आएपछि प्रधानमन्त्रीको सचिवालयले त्यसको खण्डन गरेको हो।

Advertisement

प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुुसन्धान विज्ञ दीपा दाहालले आइतबारको बिदा खारेज गरिएको भनेर आएको समाचार सत्य नभएको बताइन्।

उनले भनिन्, ‘यस विषयमा सरकारले कुनै निर्णय गरेको छैन र अहिलेका लागि यस सम्बन्धमा कुनै तयारी पनि छैन।’

यसअघि पश्चिम एसियाको समस्याका कारण इन्धनमा भएको निरन्तरको मूल्यवृद्धि लगायतले जनजीवनमा सहज होस् भन्दै सरकारले चैत २२ हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियोे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.