माैसम : केही स्थानमा गर्मी, केही स्थानमा वर्षाकाे सम्भावना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २६, मंगलबार ०६:३४
६ प्रदेशमा वर्षाको सम्भावना 

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार  देशका केही स्थानमा चर्काे गर्मी हुँदा केही स्थानमा भने वर्षा हुने सम्भावना रहेकाे छ ।

हिमाली र पहाडी भूभागमा मध्यमसम्मको वर्षाको सम्भावना छ । तराईमा तातो हावाको लहर चल्ने पूर्वानुमान छ ।

Advertisement

विभागका अनुसार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । सुदूरपश्चिम प्रदेशको तराईमा आंशिक बादल लाग्नेछ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपात हुनेछ ।

लुम्बिनी प्रदेशको तराई भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना छ ।

विभागले राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा तथा बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्ने बताएको छ ।

तीन प्रदेशका  हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा मधेस र बाँकी हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.