
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्।
प्रधानमन्त्री शाहले गृह र नवप्रवर्तन मन्त्री नियुक्तिका लागि सिफारिस गरेका हुन् ।
प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले गृहमन्त्रीमा सुधन गुरूङ र नवप्रवर्तन मन्त्रीमा महावीर पुनको नाम सिफारिस भएकाे जानकारी दिइन् ।
गुरुङले आफ्नो सम्पत्ति विवरणबारे प्रश्न उठेपछि गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि उनको सम्पत्तिसम्बन्धी विवरण अध्ययन तथा छानबिन गर्न गठन गरिएको समितिले हालै प्रतिवेदन बुझाएको थियो।
छानबिन समितिले गत जेठ २२ गते प्रधानमन्त्री शाहलाई बुझाएको प्रतिवेदनमा गुरुङको सम्पत्तिमा कुनै गम्भीर कैफियत वा अनियमितता नदेखिएको निष्कर्ष निकालेको छ ।
प्रतिवेदनमा व्यक्तिगत कमजोरीभन्दा पनि प्रणालीगत सुधार आवश्यक रहेका विषयहरू औंल्याइएको उल्लेख छ।

























