बराहक्षेत्रमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, दुई जना चालक घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २७, बुधबार ०७:४६

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–४ जमटोकीस्थित चतरा–पकली सडकखण्डमा मंगलबार राति सवारी दुर्घटना हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा परेर दुईवटा मोटरसाइकलका दुवै जना चालक घाइते भएका छन् ।

कालाबन्जारबाट आन्द्रामोडतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ३६०४ नम्बरको मोटरसाइकलले सडक किनारमा हिँडिरहेका करिब ४० वर्षीय पुरुषलाई राति करिब ८ः३० बजेतिर ठक्कर दिएको थियो । ठक्करपछि मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५८ प २५६२ नम्बरको अर्को मोटरसाइकलसँग समेत ठोक्किएको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएका पैदलयात्रीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पताल पठाइएको थियो । उपचारकै क्रममा बुधबार बिहानका राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन । शव विराट शिक्षण अस्पतालमै छ ।

दुर्घटनामा ३६०४ नम्बरको मोटरसाइकलका चालक बराहक्षेत्र–४ का २७ वर्षीय जेम्स चौधरी र अर्को मोटरसाइकलका चालक बजाज चालक बराहक्षेत्र–३ का ४९ वर्षीय मनकुमार विश्वकर्मा सामान्य घाइते भएका छन् । दुवै जना चालकको उपचार जारी छ भने दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । पैदलयात्रीले जथाभावी सडक पार गर्ने क्रममा दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
सामान्य विवाददेखि गोलीकाण्डसम्म : कप्तानगन्जमा कहाँ चुक्यो राज्य ?
कप्तानगन्ज घटनापछि सुरक्षामा व्यापक हेरफेर : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई जिम्मेवारीबाट हटाइयो
कप्तानगञ्ज गोलीकाण्डबारे मानव अधिकार आयोगले सुरु गर्‍यो अनुसन्धान
१२ अर्ब ६३ करोडको अलैंची निर्यात
साताको पहिलो दिन नेप्से ३३ अङ्कले घट्यो, ६ अर्ब बढीको कारोबार
जटिल बन्दै सुनसरीको सुरक्षा अवस्था : जथाभावी आक्रमण, आगजनी र तोडफोड
कप्तानगन्ज घटनापछि सर्वदलीय प्रतिबद्धता : सद्भाव जोगाउन सबै पक्ष एक ठाउँमा
कप्तानगञ्ज घटना : सांसद साहद्वारा सुरक्षा अधिकारीहरूमाथि कारबाही माग
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सांसदलाई पीए सुविधा : सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
मालवाहक गाडी फस्दा केचना–कञ्चनजङ्घा करिडोर अवरुद्ध
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×