सम्पत्ति विवरण असार मसान्तसम्म बुझाउन सकिने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २७, बुधबार १३:०५

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण पेस गर्ने समयावधि असार मसान्तसम्मका लागि थप गरेको छ ।

आयोगले यसअघि जेठ मसान्तभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको भए पनि विभिन्न कारण देखाउँदै समय थपिएको हो । आयोगका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार सम्पत्ति विवरण बुझाउनुपर्ने कतिपय व्यक्ति विदेशमा रहेका तथा आवश्यक विवरण संकलन गर्न समय लागेको भन्दै म्याद थप गर्न अनुरोध गरेपछि असार मसान्तसम्मको अतिरिक्त समय प्रदान गरिएको हो ।

Advertisement

आयोगले जेठ १ गते सार्वजनिक सूचना जारी गर्दै पूर्वप्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको थियो । सो सूचनाअनुसार जेठ मसान्तसम्म विवरण बुझाइसक्नुपर्ने व्यवस्था थियो ।

तर, निर्धारित समय सकिन तीन दिन बाँकी रहँदा करिब तीन हजार पाँच सय जनाले मात्रै सम्पत्ति विवरण पेस गरेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता गणेश केसीका अनुसार विवरण बुझाउनेहरूको बढ्दो चाप र प्रक्रियालाई सहज बनाउन अन्तिम पटकका लागि म्याद थपिएको हो । उनले हालसम्म प्राप्त सम्पत्ति विवरणको प्रारम्भिक जाँचबुझ प्रक्रिया पनि सुरु गर्ने तयारी भइरहेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी खनालद्वारा प्रहरी कर्मचारीहरूलाई विशेष निर्देशन
कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी खनालले दिए प्रहरी कर्मचारीहरूलाई विशेष निर्देशन
सुनसरी घटनाप्रति प्रलोपाको ध्यानाकर्षण, उच्चस्तरीय छानबिन र क्षतिपूर्तिको माग
देवानगन्ज घटनाका घाइतेलाई स्वास्थ्यमन्त्रीले भेटिन्, उपचारमा कमी हुन नदिने प्रतिबद्धता
सडक अवरुद्ध हुँदा मूल्यवृद्धि, बेली ब्रिज जडान गर्ने तयारी
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाही नियुक्त
उद्योगी शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न अदालतको आदेश
देवानगन्जका प्रहरी प्रमुख पनि जिम्मेवारीबाट हटाइए
पहिरोको जोखिम बढेपछि मुग्लिन–नारायणगढ सडकमा राति सवारी चलाउन रोक
पहिरोको जोखिम बढेपछि मुग्लिन–नारायणगढ सडकमा राति सवारी चलाउन रोक
प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो दिइसकिएको छः भारतीय विदेश मन्त्रालय
पूर्व–पश्चिम राजमार्ग र इनरुवा बजारमा अनिश्चितकालीन कर्फ्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×