माैसम : केही स्थानमा भारी वर्षाकाे सम्भावना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २८, बिहीबार ०६:२३
६ प्रदेशमा वर्षाको सम्भावना 

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मध्यमसम्मको वर्षाको सम्भावना रहेको हो ।

विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

Advertisement

मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थान, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको पूर्वानुमान छ ।

विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग तथा कोशी मधेस, बागमती, गण्डकी प्रदेशलगायत कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा/हिमपातको सम्भावना छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ ।

केही दिन अघिदेखिको लगातार तातो दिनको पूर्वानुमान गर्दै आएको विभागले आज भने तातो हावाको लहरको चेतावनी दिएको छैन । धेरै ठाउँमा वर्षाको पूर्वानुमान गरेको छ ।

यसैबीच, मौसमविद् विनोद पोखरेलले आगामी दुई दिन लुम्बिनी, बागमती र मधेस प्रदेशका दक्षिणी भागहरूमा भारी वर्षा हुने सम्भावना रहेको बताएका छन् । भारी वर्षा गराउने वातावरण अनुकूल बनाउने बादल पछिल्लो १० घण्टादेखि लागिरहेको उनले प्रस्ट पारेका छन् ।

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ ।

तपाइको प्रतिक्रिया
उपराष्ट्रपति यादव र कोशीका प्रदेश प्रमुख खापुङबीच भेटवार्ता
उपराष्ट्रपति यादव र प्रदेश प्रमुख खापुङबीच भेटवार्ता
विराटनगरमा ‘सीप उत्सव २०८३’ हुँदै 
विराटनगरकाे ट्राफिक चाेकबाट ११९ ग्राम खैरो हिरोइनसहित दुई युवक पक्राउ
रास्वपा प्रदेश सभापतिमा राई निर्वाचित
रास्वपा नेतृ तामाङकाे स्टाटस : ‘आजबाट राजनीतिक बिट मारे’
बर्दियामा नक्कली सरकारी कार्यालय, श्रीमानश्रीमती पक्राउ
अधिकारी सुनचाँदी पसलमा ठगी, मिलाउने जिम्मा लिएका भूमी आयाेग पूर्वअध्यक्षसँग प्रशासनले लियाे बयान
रास्वपा कोशी प्रदेश अधिवेशन : केन्द्रको निर्देशन विपरीत प्यानल बन्यो, आज मतगणना
  सुनको मूल्य घट्यो 
बजारमा सुनचाँदीको मूल्य ओरालो लाग्दै 
ताप्लेजुङमा ‘अलैँची महोत्सव’ हुँदै 
ताप्लेजुङमा ‘अलैँची महोत्सव’ हुँदै 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.