च्याउ टिप्न गएका दुई महिलालाई बाढीले बगायाे

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २९, शुक्रबार ०८:२५

धनगढी। कैलालीमा च्याउ टिप्न गएका दुई महिलालाई बाढीले बगाएको छ । गएरातिकाे अविरल वर्षासँगै गोदावरी नदीमा आएको बाढीमा गोदावरी नगरपालिका वडा नं. ४ का २ जनालाई बगाएको हाे ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक हिरासिंह महराका अनुसार गाेदावरी- ४ की  ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउँदलाई खोलाले बगाएको हाे ।

शुक्रबार बिहान च्याउ टिप्न जंगल गएकाे बेला बाढीमा बगेका दुई मध्ये धमलाकाे शव फेला परेकाे उनलेे बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.