
काठमाडौं । काभ्रेको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार बीपी राजमार्गको बुच्चाकोटमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ४ पुरुष र ४ महिला रहेका छन् । उनीहरूको पनि पहिचान हुन सकेको छैन ।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका– २ बुच्चाकोटमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी १७ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी धुलिखेल अस्पताल पठाइएको छ ।

























