मानव अधिकारका सवाल सम्बोधन गर्न प्रदेश सरकार सकारात्मक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २९, शुक्रबार १७:४७
मानव अधिकारका सवाल सम्बोधन गर्न प्रदेश सरकार सकारात्मक

विराटनगर । कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलले मानव अधिकारका सवालहरू सम्बोधन गर्न प्रदेश सरकार सकारात्मक रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार रक्षक सञ्जालले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझ्दै प्रमुख सचिव पौडेलले नेपालको मानव अधिकार अभियानमा इन्सेकको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गरे । उनले सञ्जालले उठाएका सुझावलाई प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरिने बताए ।

Advertisement

ज्ञापनपत्रमा कोशी प्रदेशको दोस्रो आवधिक योजना (२०८१–२०८६) ले समेटेका सामाजिक क्षेत्रका विषयहरू जनसंख्या, शिक्षा, स्वास्थ्य, लैंगिक समानता, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन गर्न माग गरिएको छ ।

विशेष गरी ‘दलित अधिकार प्रवर्द्धन विधेयक २०७९’ तत्काल पारित गर्नुपर्ने, अपांगता भएका व्यक्तिहरूको अधिकार संरक्षणका लागि कानुन निर्माण गर्नुपर्ने र जातीय विभेद एवं महिला हिंसा अन्त्यका लागि प्रभावकारी कदम चाल्न सञ्जालले माग गरेको छ ।

मानव अधिकार रक्षक सञ्जालका संयोजक देवी बाँस्कोटाले अपांगतामैत्री नीति निर्माणमा जोड दिए भने इन्सेक कोशी प्रदेशका संयोजक मनोहरकुमार पोखरेलले सुकुम्वासी समस्यालाई मानव अधिकार मैत्री ढंगले समाधान गर्न आग्रह गरे ।

तपाइको प्रतिक्रिया
सामान्य विवाददेखि गोलीकाण्डसम्म : कप्तानगन्जमा कहाँ चुक्यो राज्य ?
कप्तानगन्ज घटनापछि सुरक्षामा व्यापक हेरफेर : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई जिम्मेवारीबाट हटाइयो
कप्तानगञ्ज गोलीकाण्डबारे मानव अधिकार आयोगले सुरु गर्‍यो अनुसन्धान
१२ अर्ब ६३ करोडको अलैंची निर्यात
साताको पहिलो दिन नेप्से ३३ अङ्कले घट्यो, ६ अर्ब बढीको कारोबार
जटिल बन्दै सुनसरीको सुरक्षा अवस्था : जथाभावी आक्रमण, आगजनी र तोडफोड
कप्तानगन्ज घटनापछि सर्वदलीय प्रतिबद्धता : सद्भाव जोगाउन सबै पक्ष एक ठाउँमा
कप्तानगञ्ज घटना : सांसद साहद्वारा सुरक्षा अधिकारीहरूमाथि कारबाही माग
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सांसदलाई पीए सुविधा : सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
मालवाहक गाडी फस्दा केचना–कञ्चनजङ्घा करिडोर अवरुद्ध
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×