सीमापार रेलवे : दुई देशकाे निर्देशक समितिकाे बैठकमा उठ्यो विराटनगरकाे विषय

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३०, शनिबार ०८:०९

काठमाडौं । नेपाल-भारत सीमापार रेलवे लिंकसम्बन्धी परियोजना निर्देशक समिति र संयुक्त कार्यदलको बैठक सम्पन्न भएको छ । यी बैठकहरू काठमाडौं जेठ २८-२९ सम्म भएका हुन् ।

भारतीय दूतावासका अनुसार सञ्चालनमा रहेका सीमापार रेलवे लिंकहरूको कार्यान्वयन र रेलवे क्षेत्रमा समग्र द्विपक्षीय सहकार्यको समीक्षा गर्न १०औँ परियोजना निर्देशक समिति (पीएससी) र ८ औँ संयुक्त कार्यदल (जेडब्लूजी) को बैठक बसेको हो ।

Advertisement

बैठकमा भारतको अनुदानमा विकास भइरहेका जयनगर-विजलपुरा-बर्दिबास र जोगवनी-विराटनगर ब्रोडगेज रेलवे लाइनहरूको जारी कार्यान्वयनबारे छलफल भएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘जनकपुर-अयोध्या खण्डमा यात्रुवाहक रेल सेवा प्रारम्भ गर्नका लागि मानक सञ्चालन कार्यविधि (एसओपी), रक्सौल-काठमाडौं ब्रोडगेज रेलवे लिंकको फाइनल लोकेसन सर्भे (एफएलएस) प्रतिवेदन, पूर्व-पश्चिम रेलवे लिंकका लागि प्राविधिक सहयोग र थप अन्य रेलवे लिंकका बारे पनि छलफल गरियो,’ विज्ञप्तिमा उल्लेख छ ।

दुवै पक्षले रेलवे क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउन निकट सहकार्य एवम् समन्वयलाई निरन्तरता दिने सहमति जनाएको पनि जनाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.