झापामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३१, आइतबार ०६:३८

काँकडभिट्टा । झापामा जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–४ वडा कार्यालय अगाडि घर भएकी ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घरबाट बाहिर निस्किने क्रममा जंगली हात्तीले आइतबार बिहानका राति ४ः५५ बजेतिर पौडेललाई आक्रमण गरेको थियो । हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

Advertisement

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट इन्स्पेक्टर वीरेन्द्र कोइराला नेतृत्वको टोली घटनास्थल पुगेको छ । शवलाई पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

पौडेललाई आक्रमण गरेपछि हात्ती जंगलतर्फ लागेको थियो । घटनाको थप अनुसन्धान सुरु गरेको प्रहरीले जंगली हात्तीबाट सावधानी अपनाउन सबैमा आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.