गाउँपालिकाद्वारा उत्कृष्ट कर्मचारी र जेहेन्दार विद्यार्थी पुरस्कृत

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३१, आइतबार ११:२५
गाउँपालिकाद्वारा उत्कृष्ट कर्मचारी र जेहेन्दार विद्यार्थी पुरस्कृत

खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले वर्षभरि उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी र जेहेन्दार विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमको अवसर पारेर उनीहरूलाई पुरस्कृत गरिएको हो ।

गाउँपालिकाले कार्यसम्पादनका आधारमा ३ जना कर्मचारीलाई  ‘वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार’ प्रदान गरेको छ । पुरस्कृत हुनेहरूमा गाउँपालिका कार्यालय चिसापानीमा कार्यरत अधिकृत स्तर छैटौँ भीम मगर, वडा नं. २ बोपुङकी वडा सचिव जिना राई र कार्यालय सहयोगी दिनेश विष्ट रहेका छन् । उनीहरूलाई जनही १० हजार रुपैयाँ नगद र प्रशंसा पत्र प्रदान गरियो ।

Advertisement

त्यसैगरी, शिक्षा क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले विद्यालय शिक्षा परीक्षा (एसइई) र जिल्ला स्तरीय परीक्षा (डीएलइ) मा उत्कृष्ट अंक ल्याउने ५ जना विद्यार्थीलाई पनि सम्मान गरेको छ। एसइईतर्फ ३.५१ जिपिए ल्याउने सिंहदेवी माध्यमिक विद्यालय बोपुङकी दीपशिखा राई र ३.३२ जिपिए ल्याउने सोही विद्यालयका सुनिल कटुवाल पुरस्कृत भएका छन् ।

डिएलइ (कक्षा ८) तर्फ ३.६२ जिपिए ल्याउने गृष्मा राई, ३.६ जिपिए ल्याउने अविनाश राई (दुवै सिंहदेवी मावि) र ३.६ जिपिए नै ल्याउने चिसापानी नमुना माध्यमिक विद्यालयका संयोग पोखरेललाई पनि जनही १० हजार नगद र प्रमाणपत्रसहित सम्मान गरिएको छ।

पुरस्कार वितरण गर्दै गाउँपालिका अध्यक्ष अरुणादेवी राईले राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने पद्धतिले सुशासन र सेवा प्रवाहमा सुधार आउने बताइन् । ‘कर्मचारीको मनोबल बढाउन र विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न गाउँपालिकाले बर्सेनि पुरस्कारको व्यवस्था गर्दै आएको छ,’ अध्यक्ष राईले भनिन् ।

कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरूले प्रगति विवरण प्रस्तुत गरेका थिए। प्रस्तुत विवरण अनुसार चालु आर्थिक वर्षको १० महिनामा गाउँपालिकाको समग्र भौतिक प्रगति ७५ प्रतिशत र आर्थिक प्रगति ६४ प्रतिशत पुगेको छ।

तपाइको प्रतिक्रिया
नुवाकोटबाट फर्किएपछि प्रधानमन्त्रीले भने, ‘सरकार प्रभावित नागरिकसँगै छ’
प्रधानमन्त्रीद्वारा मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल
रसुवा बाढीपीडितका लागि कर्मचारीको तलब कट्टा गरिने, ३६ करोड रुपैयाँ जुट्ने
कांग्रेस १५ औँ महाधिवेशन रोक्न देउवाको माग सर्वोच्चद्वारा अस्वीकार 
कांग्रेस १५ औँ महाधिवेशन रोक्न देउवाको माग सर्वोच्चद्वारा अस्वीकार 
प्रधानमन्त्रीद्वारा मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल
प्रधानमन्त्रीद्वारा मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल
बाढीपीडितको राहतका लागि उद्योग संगठन मोरङको १५ लाख सहयोग
बाढीपीडितको राहतका लागि उद्योग संगठन मोरङको १५ लाख सहयोग
‘व्यक्ति होइन, पार्टी मुख्य कुरा हो’ (भिडियोसहित)
बाढीपीडितका लागि बर्जु गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक र कर्मचारीले एक दिनको तलब दिने
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन
बाढीमा बगेर आएको शवबाट सुनको मुन्द्रा झिक्नेहरू पक्राउ
बाढीमा बगेर आएको शवबाट सुनको मुन्द्रा झिक्नेहरू पक्राउ
भोटेकोशी बाढीः खोटाङका आठ जना सम्पर्कविहीन
भोटेकोशी बाढीः खोटाङका आठ जना सम्पर्कविहीन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×