मौसमको अवस्था : कतै वर्षा, कतै गर्मी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १, सोमबार ०६:४५
६ प्रदेशमा वर्षाको सम्भावना 

काठमाडौं । पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको संयुक्त प्रभावका कारण आज (सोमबार) बिहान देशभर मिश्रित मौसम देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू–भागका साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ । बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा छ ।

Advertisement

यतिबेला कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थान र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ । सोमबार दिनभर कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन एवं चट्याङसहित वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । कोशी प्रदेशको तराईका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना छ ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने तथा कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ । यसैबीच, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो दिन तथा गर्मी बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.