विश्वकप: ट्युनिसियाविरुद्ध स्वीडेनलाई फराकिलो जित

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १, सोमबार १०:५४
विश्वकप: ट्युनिसियाविरुद्ध स्वीडेनलाई फराकिलो जित

काठमाडौं । फिफा विश्वकप २०२६ मा स्वीडेनले ट्युनिसियालाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

समूह ‘एफ’ अन्तर्गत सोमबार बिहान मेक्सिकोको मोन्टेरे स्टेडियममा भएको खेलमा स्वीडेनका लागि यासिन अयारीले दुई तथा अलेज्यान्डर इसाक, भिक्टर ग्योकेरेस र माथिएस स्भानवर्गले एक–एक गोल गरे । ट्युनिसियाका लागि ओमार रेकिकले गोल गरे ।

यासिन अयारीले खेलको सातौँ मिनेटमै गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए । ट्युनिसियन बुबा र मोरक्कन आमाबाट स्वीडेनमा जन्मेका अयारीले गोलको सेलेब्रेसन भने गरेनन् ।

अलेज्यान्डर इसाकले ३० औँ मिनेटमा उत्कृष्ट गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे । भिक्टर ग्योकेरेले मध्य भागमा दिएको पासमा इसाकले बल एक्लै अगाडि बढाउँदै ट्युनिसियाका डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरे ।

तर ट्युनिसियाले पहिलो हाफमै गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरेको थियो । ट्युनिसियाका लागि ओमार रेकिकले ४३ औँ मिनेटमा गोल गरे । हानीबल मेज्बरीको क्रसमा रेकिकले हेड मार्फत गोल गरेका हुन् ।

दोस्रो हाफमा स्वीडेनले दुई गोल थप्यो । भिक्टोर ग्योकेरेसले ५९ औँ मिनेटमा गोल गर्दै स्वीडेनलाई ३–१ को अग्रता दिलाए । त्यसपछि स्भानवर्गले ८६ औँ मिनेटमा स्वीडेनका लागि चौथो गोल गरे । सुरुमा असिस्ट्यान्ट रेफ्रीले अफसाइड देखाए पनि भिएआर रिभ्युपछि मुख्य रेफ्री याएल फाल्कन पेरेजले गोलको मान्यता दिए । स्वीडेन यतिमै रोकिएन यासिन अयारीले दोस्रो हाफको इन्जुरी टाइमको छैटौँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फराकिलो जित दिलाए ।

जितपछि स्वीडेनले ३ अंक जोडेको छ । यसै समूहको पहिलो खेलमा नेदरल्यान्ड्स र जापानले २–२ को बराबरी खेल्दै अंक बाँडेका थिए । नेदरल्यान्ड्स र जापानले समान १ अंक जोडेका छन् भने ट्युनिसिया अंकविहीन छ ।

 

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×