पर्यटन क्षेत्रको विकासका लागि साढे ३ अर्ब बजेट

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १, सोमबार १७:२५

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०८३–८४ मा पर्यटकीय क्षेत्रको पूर्वधार विकास र प्रचारप्रसारका लागि सरकारले साढे ३ अर्ब बजेट विनियोजन गरेको हो । सोही बजेटमा प्रदेशले मनाउने दुई बर्से भ्रमण वर्षको कार्यक्रम पनि समावेश गरिएको छ । चालु आर्थिक वर्षलाई पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले आगामी दुई वर्षका लागि पनि पर्यटन वर्ष घोषणा गरेको छ ।

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.