सरकारको शासन शैलीप्रति ‘पापड’को गम्भीर चिन्ता: लोकतान्त्रिक मूल्य जोगाउन आग्रह

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३, बुधबार १९:४१

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले वर्तमान सरकारको शासन सञ्चालनको शैलीप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

बुधबार पापडमा आबद्ध ६ वटा पेसागत संगठनका अध्यक्षहरूले एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय विकसित राजनीतिक, संवैधानिक तथा प्रशासनिक गतिविधिहरूले लोकतन्त्रको आधारभूत जगलाई नै कमजोर बनाउन खोजेको ठहर गरेका छन् ।

Advertisement

पापडले संविधानको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण, विधिको शासन र नागरिक अधिकारको संरक्षण नै राज्य सञ्चालनको मुख्य आधार हुनुपर्नेमा जोड दिएको छ । तर, वर्तमान शासन शैलीले यी मूल्य-मान्यताहरूलाई संस्थागत रूपमै कमजोर बनाउँदै लगेको उनीहरूको आरोप छ ।

‘संविधानको कार्यान्वयन, लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण, विधिको शासन तथा नागरिक अधिकारको संरक्षण राज्य सञ्चालनका आधारभूत मान्यता हो भन्नेमा पापड दृढ छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, वर्तमान शासन सञ्चालनको शैलीले ती मूल्य मान्यताहरूलाई क्रमश: संस्थागत रूपमै कमजोर बनाउदै लैजान खोज्नु चिन्ताको विषय हो ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.