सुनचाँदीको मूल्यमा गिरावट

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ४, बिहीबार ११:०६
  सुनको मूल्य घट्यो 

विराटनगर । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य सामान्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको १ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै सुन प्रतितोला २ लाख ९७ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बुधबार तोलाको २ लाख ९७ हजार ३ सय रूपैयाँ थियो ।

Advertisement

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले घटेको छ । भाउ घटेसँगै चादीको मूल्य तोलाको ४ हजार ९ सय ४५ रूपैयाँ कायम भएको छ । चाँदीको मूल्य बुधबार प्रतितोला ४ हजार ९ सय ८० रूपैयाँ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.