नहरको खाल्डोबाट ठुलो परिमाणमा गाँजा बरामद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ४, बिहीबार ०८:४९
नहरको खाल्डोबाट ठुलो परिमाणमा गाँजा बरामद

पर्सा । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित नहरको खाल्डोबाट प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गरेको छ । प्रहरी चौकी मिर्जापुरको नियमित गस्ती टोलीले बेवारिसे अवस्थामा लुकाई छिपाई राखिएको ३७० केजी गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नहरको छेउमा रहेको खाल्डोमा २५ वटा पोकामा प्याक गरेर राखिएको अवस्थामा उक्त गाँजा बरामद गरिएको हो । गस्ती टोलीले शंकास्पद वस्तु देखेपछि जाँच गर्दा लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।

Advertisement

बरामद गरिएको गाँजालाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ। उक्त गाँजा कसले र कहाँ लैजानका लागि राखेको हो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.