
विराटनगर । कोशी प्रदेश सरकारले मोरङ र सुनसरीका ९ वटा सहकारी संस्था खारेजीको प्रक्रिया सुरु गरेको छ । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले मोरङका ४ र सुनसरीका ५ वटा सहकारी खारेजीकाे प्रक्रिया सुरु गरेकाे हाे ।
खारेजीको सूचीमा मोरङका मोफसल प्रकाशन, कोशेली बचत, नवजागरण बहुउद्देश्यीय र युवा कृषि सहकारी छन् । सुनसरीका नीलकण्ठ कृषि, आरोग्य स्वास्थ्य सेवा, जब्दी महिला, आदर्श कृषि र तिनकुने महिला बचत तथा ऋण सहकारी संस्था परेका छन् ।
प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका अनुसार ती संस्थाहरूलाई यसअघि पटक–पटक आफ्नो विवरण अद्यावधिक गर्न समय दिइएको थियो । तर, निर्धारित समयमा विवरण बुझाउन नआएको र कार्यालयले गरेको स्थलगत अनुगमनका क्रममा समेत ती सहकारीहरू सञ्चालनमा रहेको नपाइएकाले खारेजीकाे प्रक्रिया अघि बढाइएको हो ।

























