धनकुटामा खडेरी र फौजी किराको वितण्डा

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ५, शुक्रबार १८:५९

धनकुटा । धनकुटाको पाख्रिबास र महालक्ष्मी नगरपालिकाका क्षेत्रमा फाैजी किराकाे आतंक देखिएकाे छ । खडेरीले मकैलाई क्षति पुर्याइरहेकाे अवस्थामा फौजी किराकाे प्रकाेप पनि देखिएकाे हाे ।

लामो समयदेखि पर्याप्त वर्षा नहुँदा फैलिएको फौजी किराको प्रकोपले गर्दा हुर्कँदै गरेको मकैबाली नष्ट हुन थालेको छ । हरियाली देखिनुपर्ने मकैबारी खडेरीले सुक्दै र किराले खाँदै गएपछि उजाड बनेको छ ।

पाख्रिबास–५ दियालेका किसान अम्बरबहादुर तामाङका अनुसार किराले मकैको पात र गुबो खाइदिएपछि बोट नै मर्ने समस्या देखिएको छ । १८ रोपनीमा लगाएको मकै नष्ट भएपछि उनलाई अब बीउ समेत जोगाउन मुस्किल परेको छ । अर्का किसान हरिबहादुर निरौला पनि मिहिनेत खेर गएको भन्दै आगामी दिनमा खाद्य संकट हुनेमा चिन्तित छन् ।

मकै मुख्य खाद्यान्न र वस्तुभाउको दानाको स्रोत भएकाले किसानहरूले तत्काल प्राविधिक सहायता र विषादी अभियान चलाउन माग गरेका छन् ।

कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्रबहादुर रानामगरले भने गत वर्षको तुलनामा समस्या कम रहेको दाबी गरेका छन् । कतिपय ठाउँमा विषादी वितरण र बाली उपचार शिविर सञ्चालन भइरहेको उनले बताए । सीमित जनशक्तिका बाबजुद पनि नियन्त्रणको प्रयास भइरहेको र वर्षा सुरु भएपछि प्रकोप घट्दै जाने केन्द्रको भनाइ छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
कांग्रेसको सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×