
काठमाडौं । नेपालमा मनसुन प्रणाली भित्रिएकाे छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार (असार ५ गते) कोशी प्रदेशको केही भू–भागबाट मनसुन नेपाल भित्रिएको हो ।
महाशाखाले नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ भए पनि यस वर्ष मनसुन सरदर मितिभन्दा ६ दिन ढिलो गरी प्रवेश गरेको जनाएको छ । अघिल्लो वर्ष सरदर भन्दा १५ दिन अघि नै मनसुन नेपाल भित्रिएको थियो ।
महाशाखाका अनुसार हाल मनसुन प्रणाली कमजोर अवस्थामा रहेकाले देशका अन्य क्षेत्रमा यसको विस्तार हुन अझै केही दिन लाग्ने सम्भावना छ।



















