रास्वपाको केन्द्रीय सदस्यमा तेजलाल कर्णको उम्मेदवारी घोषणा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ६, शनिबार १९:३१

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तेजलाल कर्णले पार्टीकाे चितवन महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

लामो समयसम्म कम्युनिष्ट राजनीतिमा सक्रिय रहेका कर्ण गत वर्ष राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए ।

Advertisement

दशकौँको राजनीतिक अनुभव बटुलेका उनले महाधिवेशनमा मधेशी कोटाबाट केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् । वैकल्पिक राजनीतिको एजेन्डालाई अझ सशक्त बनाउन र पार्टी संगठनलाई सुदृढ बनाउन उम्मेदवारी घोषणा गरेको उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.