विराट फुटसल च्याम्पियनसिपको उपाधि विराटनगरलाई

Share this
645shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ७, आइतबार १०:३२
विराट फुटसल च्याम्पियनसिपको उपाधि विराटनगरलाई

विराटनगर । घरेलु टोली विराटनगरले तेस्रो विराट फुटसल च्याम्पियनसिपको उपाधि जितेको छ। मन्जिना फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताको फाइनलमा बेलबारीलाई पराजित गर्दै विराटनगरले उपाधि चुमेको हो ।

विराटनगरस्थित जाम्बोरे फुटसल कोर्टमा भएको रोमाञ्चक फाइनल खेलमा विराटनगरले बेलबारीलाई ५–३ को गोल अन्तरले पराजित गर्दै उपाधि जित्यो । मोरङका ६ वटा टोली सहभागी रहेको एक दिने प्रतियोगितामा विराटनगरले उत्कृष्ट प्रदर्शन गर्दै उपाधिमा कब्जा गरेको हो ।

उपाधिसँगै विजेता विराटनगरले नगद २५ हजार रुपैयाँ, मेडल र ट्रफी प्राप्त गरेको छ। त्यसैगरी, उपविजेता बनेको बेलबारीले नगद १५ हजार रुपैयाँसहित मेडल र ट्रफीमा चित्त बुझायो।

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष सन्तोषी श्रेष्ठ, मन्जिना फाउन्डेसनका अध्यक्ष जतिन ताम्राकार लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×