रास्वपाको महाधिवेशनमा छैनन् तीन चर्चित संस्थापक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ७, आइतबार १३:१५

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी पहिलो महाधिवेशनमा पार्टीका तीन प्रभावशाली संस्थापक सदस्य देखिने छैनन् । संस्थापक महासचिव मुकुल ढकाल, सुमना श्रेष्ठ र सन्तोष परियार नदेखिने भएका हुन् । पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरू रास्वपाबाट अलग भइसकेका छन् ।

कुनै समय रवि लामिछानेका मुख्य सहयोगी रहेका पूर्वमहामन्त्री ढकाल अनुशासनको कारबाहीपछि पार्टी बाहिर छन् ।

Advertisement

सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठले पनि असन्तुष्टि जनाउँदै पार्टी छाडेकी छन्  । अर्का संस्थापक सन्तोष परियारले पार्टी छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन् ।

सबै संस्थापकलाई केन्द्रीय सदस्य बनाउने पार्टीको तयारी रहे पनि तीन चर्चित अनुहार भने यसपटक महाधिवेशनमा देखिने छैनन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.