बाहुनडाँगीमा हात्ती आतंक रोक्न सांसदले मागे रबरको गोली

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ७, आइतबार १६:१२
फाइल तस्बिर

विराटनगर । झापाको बाहुनडाँगी क्षेत्रमा हात्ती आतंक नियन्त्रणका लागि रबरको गोली प्रयोग सांसदले माग गरेका छन् । कोशी प्रदेशसभाको बैठकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले विशेष समयमा बोल्दै रबरकाे गाेली प्रयाेग गर्न माग गरेका हुन् ।

भारतबाट मेची नदी पार गरेर आउने जंगली हात्तीका बथानलाई रबरको गोली हानेरै भए पनि फिर्ता पठाउनु पर्ने उनकाे भनाई छ ।

Advertisement

गत जेठ ३१ गते बाहुनडाँगीमा हात्तीको आक्रमणबाट पदमा पौडेलको मृत्यु भएको थियाे । साे घटनाकाे स्मरण गर्दै उनले स्थानीय बासिन्दा दशकौंदेखि त्रासको भुमरीमा बाँचिरहेको उल्लेख गरे ।

प्रमुख सचेतक तामाङले सरकारले अघि सारेको ‘हात्तीमैत्री तथा जैविक कोरिडोर’ को अवधारणाप्रति असन्तुष्टि जनाए । बाहुनडाँगीदेखि कोशीटप्पुसम्मको मानव बस्ती र खेतीयोग्य जमिनलाई समेटेर बनाउन लागिएको यो कोरिडोर स्थानीयका लागि अभिशाप हुने उनकाे भनाई छ ।

हात्ती नियन्त्रणको दीर्घकालीन समाधानका लागि मेची नदीको तटबन्ध बनाउनु उनले माग गरे । ५ किलोमिटर क्षेत्रमा तत्काल बलियो संयन्त्र निर्माण गरे हात्तीकाे आतङ्क नहुने उनकाे भनाई छ ।

तपाइको प्रतिक्रिया
रास्वपा महाधिवेशनमा गगन थापा : गल्ती गर्दा प्रश्न गर्न सक्नुपर्छ
बाबुराम भट्टराई भन्छन् : ‘याे उमेरमा के ललीपप खानु ?’
रास्वपा महाधिवेशनमा वर्षमान पुन : हामीबीच धेरै समानता छन्
राजा ल्याउने आशमा राजावादीले रास्वपालाई भाेट दिएका हुन् : राजेन्द्र लिङ्देन
प्रधानमन्त्री बारे सिके राउत : ‘अलग लेबलका बन्दा हे’
सुधारगृह लैजान खोज्दा विराटनगरमा प्रहरीमाथि चक्कु प्रहार : असईसहित तीन जना घाइते
बाहुनडाँगीमा हात्ती आतंक रोक्न सांसदले मागे रबरको गोली
रवि र बालेनसँगै गगन थापाले पनि बजाए घण्टी
रास्वपाको महाधिवेशनमा बाउन्सरबाट सुरक्षा
रास्वपाको महाधिवेशनमा छैनन् तीन चर्चित संस्थापक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.