बेलबारीको कपडा उद्योगमा आगलागी, १२ लाखको क्षति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ८, सोमबार १८:५२
प्रतीकात्मक तस्बिर

विराटनगर । मोरङको बेलबारी नगरपालिका–१ मा रहेको एक कपडा उद्योगमा आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

महमद लियाकत मियाँले सञ्चालन गर्दै आएको सलमान कपडा उद्योगमा सोमबार दिउँसो करिब २ बजेतिर आगलागी भएको हो । प्रहरीका अनुसार टिनको बेरा र टिनको छानो भएको एकतले टहरामा सञ्चालन हुँदै आएको उक्त उद्योगमा आगो लागेपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीको टोली घटनास्थलमा पुगेको थियो । साथै, बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाबाट दमकल परिचालन गरिएको थियो । प्रहरी, स्थानीय र दमकलको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट सिरक–डसना बनाउने मेसिन, जेनेरेटर एक थान, रुवाको मेसिन एक थान, ठूलो मात्रामा कच्चा र प्रशोधित रुवा, कपडा तथा तयारी सामग्रीहरू जलेर नष्ट भएको मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । उनका अनुसार घटनामा १२ लाख रूपैयाँ बराबरको क्षति भएको छ ।

उद्योगमा रहेका सिरक, डसना तथा अन्य सामग्रीहरू ठूलो मात्रामा नष्ट भए पनि मानवीय तथा चौपाय क्षति नभएको प्रहरीले जनाएको छ । आगलागीको कारण भने हालसम्म खुल्न नसकेको र घटनाको थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए ।

तपाइको प्रतिक्रिया
११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लू
रविकाे मनाेनयन पत्रमा बालेन प्रस्तावक
लामिछानेकाे प्रतिवेदन : रास्वपा सिध्याउन राज्यका तीनै अंगको दुरुपयोग भयाे (पूर्णपाठ)
उद्योग संगठन मोरङद्वारा २० दिने ‘बोइलर सञ्चालन’ तालिम सम्पन्न
उद्योग संगठन मोरङद्वारा २० दिने ‘बोइलर सञ्चालन’ तालिम सम्पन्न
जेनजी आन्दोलनमा भागेका कैदी लागुऔषधसहित पक्राउ
डाक्टर कोइरालाको क्षेत्रमा संस्थापन पक्षकाे हस्तक्षेप, क्षेत्रीय सभापतिको जिम्मेवारी खोसियो
विराटनगरको परोपकार घाटमा रहस्यमय दृश्य, मध्यरातमा निर्वस्त्र युवाहरुको अश्लील हर्कत ! (भिडियाेसहित)
विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अनुमति
दमकमा दुर्घटना, भुटानी शरणार्थी वृद्धको मृत्यु
रेबिज संक्रमणबाट एक जना पुरुषको मृत्यु 
रेबिज संक्रमणबाट एक जना पुरुषको मृत्यु 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.