मोरङको कोचनी खोलामा बेपत्ता भएकी बालिका मृत फेला

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ९, मंगलबार ११:२९

विराटनगर । मोरङको रंगेली नगरपालिका–१ स्थित कोचनी खोलामा डुबेर बेपत्ता भएकी एक बालिका मृत फेला परेकी छन् ।

रंगेली–१ का अनिल खवासकी छोरी ७ वर्षीया एलिना खवासको शव फेला परेको हो । प्रहरीका अनुसार एलिना स्थानीय सञ्जीव चौधरीकी छोरी ८ वर्षीया साबिती चौधरीसँग कोचनी खोलामा सोमबार साँझ पौडी खेल्न गएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

Advertisement

दुवै जना पौडी खेल्ने क्रममा एलिना खोलामा डुबेर बेपत्ता भएकी थिइन् । खोजी गर्ने क्रममा राति ११ बजेतिर उनको शव फेला परेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।

उनका अनुसार डुबेर बेपत्ता भएको स्थानबाट करिब सय मिटर तल स्थानीय बासिन्दाले बालिकाको शव फेला पारेका हुन् । शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखेर इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.